ADD FOR WEBSIDE ADD FOR WEBSIDE

भारत र श्रीलंकाबीचको दोस्रो एकदिवसीय आज 

आइतबार, साउन २०, २०८१

एजेन्सी : भारत र श्रीलंकाबीचको दोस्रो एकदिवसीय क्रिकेट आईतवार हुँदैछ ।

पहिलो खेल बराबरीमा सकिएपछि भारत आज श्रीलंकाविरुद्ध जित निकाल्ने योजनाका साथ मैदान उत्रने तयारीमा छ । श्रीलंकापनि घरेलु मैदानमा भारतलाई हराउँदै पहिलो जित दर्ता गर्ने दाउमा छ । यी दुई टोलीबीचको खेल कोलम्बोस्थित आर प्रेमदासा क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ ।

 जिततर्फ लम्कँदै गरेको भारत अन्तिम दुई ओभरमा सम्हालिन नसक्दा पहिलो खेल गुमाउन परेको थियो । पहिलो खेलमा कप्तान रोहित शर्माले अर्धशतकिय पारी खेलेका थिए । उनले ४७ बलमा ५८ रन बनाएका थिए । 
यस्तो छ भारतको सम्भावित प्लेइङ इलेवन – 
रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकिपर), शिवम दुबे÷रायान पराग, वाशिंगटन सुन्दर, अक्षर पटेल, कुलदीप यादव, अर्शदीप सिंह, मोहम्मद सिराज ।
 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  ०७:२२
प्रतिक्रिया दिनुहोस्