ADD FOR WEBSIDE ADD FOR WEBSIDE
ग्लोबल ट्वान्टी–२०

रोहितको टोलीसंग हार्‍यो सन्दीप र दिपेन्द्रको टोली

आइतबार, साउन २०, २०८१

एजेन्सी : नेपालमा सन्दीप लामिछाने र दिपेन्द्र सिं ऐरी आवद्ध भ्यानकुभर नाइट्सले ग्लोबल ट्वान्टी–२० क्यानाडा क्रिकेट लिगमा पाँचौ हार ब्यहोरेको छ ।

आइतबार बिहान भएको खेलमा रोहित पौडेल आवद्ध टोरन्टो नेसनलसँग भ्यानकुभर नाइट्स १९ रनले पराजित भएको हो । जितकालागि टोरेन्टाले दिएको १२८ रनको लक्ष्य पछ्याएको भ्यानकुभर १८.५ ओभरमा अलआउट हुँदै १०८ रनमा समेटिएको थियो । उसकालागि रिची बेरिंगटनले अर्धसतकिय पारी खेले । ४४ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ५२ रन जोडे । रीजा हेन्ड्रिक्सले १७ तथा दिपेन्द्र सिं ऐरीले १३ रन जोडे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको टोरन्टोले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२७ रन जोडेको थियो । भ्यानकुभर नाइट्स यसअघि टोरेन्टो र ब्राम्पन वुल्भ्सस पराजित  भएको थियो । बंगला टाइगर्ससँग २२ र मन्ट्रियलसँग १० रनले पराजित भएको भ्यानकुभर सर्रे जगुआरसँगको खेल भने रद्ध हुन पुग्यो ।

६ खेलबाट सात अंक जोडेको टोरेन्टो अंक तालिकामा दोस्रो स्थानमा रहँदा लगातार पाँचौ हार भोगेको भ्यानकुभर अंक तालिकाको पुछारमा छ । 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  ०७:४३
प्रतिक्रिया दिनुहोस्