ADD FOR WEBSIDE ADD FOR WEBSIDE
आईपिएल:

गुजरातले दियो बैंग्लुरुसामु १४८ रनको लक्ष्य 

शनिबार, वैशाख २२, २०८१

काठमाण्डौ: ईण्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बैंग्लुरुसामु जितका लागि १ सय ४८ रनको लक्ष्य दिएको छ ।

एम चिन्नास्वामी स्टेडियममा टस हारेर  पहिले ब्याटिङमा तानिएको गुजरात १९.३ ओभरमा अलआउट हुँदै १४७ रनमा समेटियो । गुजरातकालागि मसूद शाहरुख खानले सर्बाधिक ३७ रनको योगदान गरे ।

राहुल तेवाटिया ३५,डेभिड मिलरले ३० तथा राशिद खानले १८ रन जोडे । बलिङतर्फ मोहम्मद सिराज, यश दयाल र विजयकुमार व्यासले २–२ विकेट लिए । क्यामरुन ग्रीन र कर्ण शर्माले १–१ विकेट हात पारे ।
 

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  २१:५५
प्रतिक्रिया दिनुहोस्