ADD FOR WEBSIDE ADD FOR WEBSIDE
काभा वुमन्स नेसन्स लिग

श्रीलंकाले माल्दिभ्सलाई सोझो सेटमा हरायो

आइतबार, साउन २०, २०८१

काठमाडौ : काठमाडौँमा जारी काभा वुमन्स नेसन्स लिग भलिबलमा श्रीलंकाले पहिलो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप) को कभर्ड हलमा आईतबार भएको खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै श्रीलंकाले पहिलो जित निकालेको हो ।

श्रीलंकाले माल्दिभ्सविरुद्ध २५–२२, २५–१२ र २५–१६ को सहज जित निकालेको हो । श्रीलंकाले लिग चरणको अन्तिम खेलमा भोली भारतसँग प्रतिस्पर्धा गर्नेछ । माल्दिभ्सले भन ेलिग चरणको अन्तिम खेलमा भोली नै नेपालसंग खेल्नेछ ।


 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १६:५५
प्रतिक्रिया दिनुहोस्