ADD FOR WEBSIDE ADD FOR WEBSIDE

विश्वकप लिग २ का लागि २२ खेलाडी बन्द प्रशिक्षणमा 

आइतबार, साउन २०, २०८१

काठमाडौ : नेपाल क्रिकेट संघ क्यानले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ को लागि खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

क्यानले आज एक सुचना जारी गर्दै आगामी सेप्टेम्बरमा क्यानाडामा हुने विश्वकप लिग २ का लागि २२ जना खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।

बन्द प्रशिक्षणमा कप्तान रोहित पौडेलसंगै कुशल भुर्तेल,आशिफ शेख,अनिल शाह,देव खनाल ,भिम सार्की ,आरिफ शेख,कुशल मल्ल,दिपेन्द्र सिं ऐरी,अर्जुन साउद र सोमपाल कामी समावेश भएका छन् ।

यस्तै करण केसी,गुल्शन झा, कमल सिं ऐरी,रिजन ढकाल,सन्दीप लामिछाने,ललित राजवंशी,सूर्य तामाङ,बसिर अहमद,आकाश चन्द,सागर ढकाल र सुन्दीप जोरा रहेका छन् । 
 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १८:२४
प्रतिक्रिया दिनुहोस्