ADD FOR WEBSIDE ADD FOR WEBSIDE

त्रिवि क्रिकेट मैदान थप बिस्तार हुँदै

आइतबार, साउन २०, २०८१

काठमाडौ : काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदान बिस्तारको कामले थप तिब्रता पाउने भएको छ ।

मन्त्रिपरिषद्को पहिलो बैठकले त्रिवि क्रिकेट मैदानलाई तीन सय दिनमा अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न रङ्गशाला बनाउने निर्णय गरेको थियो । सोही प्रतिबद्धता बमोजिम प्रधानमन्त्री ओलीले आज क्यानका पदाधिकारी, पूर्वक्रिकेटर, कलाकार केकी अधिकारी र प्रकाश सपुतलगायत क्रिकेटप्रमीसँग छलफल गरेका हुन् ।

छलफलका क्रममा त्रिवि मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशालामा रुपान्तरण गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज खेलाडी र यससँग सम्बन्धित पक्षको विकास र विस्तारका विषयमा छलफल गरेका हुन् । छलफलपछि रङ्गशाला निर्माणलाई द्रुत गतिमा अघि बढाउन सजिलो हुने प्रधानमन्त्री ओलिले बताएका छन् । 
 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १८:३०
प्रतिक्रिया दिनुहोस्