ADD FOR WEBSIDE ADD FOR WEBSIDE
काभा वुमन्स नेसन्स भलिबल

ईरानसंग नेपाल पराजित 

आइतबार, साउन २०, २०८१

काठमाडौँ : काभा वुमन्स नेसन्स भलिबल लिगमा नेपालले पहिलो पराजय भोगेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको खेलमा नेपाल ईरानसंग ३–२ को सेटमा पराजित भएको हो । नेपालले पहिलो सेट १६–२५ ले गुमाएपनि दोस्रो सेट २५–१६ ले नै जित्दै खेलमा १–१ को बराबरीमा फर्काएको थियो ।

निकै प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट ईरानले २५–२३ ले आफ्नो पक्षमा पारेपछि खेल चौथो सेटमा धकेलिएको थियो । उक्त सेटमा भने नेपालले उत्कृष्ठ पुरागमन गर्दै २५–१५ ले एकतर्फी रुपमा खेल आफ्नो पक्षमा बनाउन सफल भयो ।

पाँचौ तथा अन्तिम सेटमा ईरानसंग स्तब्ध हुँदै नेपालले १३–१५ खेल सुम्पन पुग्यो ।

जितसंगै ईरानले ७ अंक जोडेको छ । हारका बाबजुत नेपाल सहित श्रीलंका,भारत र ईरान सेमिफाईनलमा पुगेको छ । 
 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १९:२८
प्रतिक्रिया दिनुहोस्