ADD FOR WEBSIDE ADD FOR WEBSIDE

विश्व बिजेता भारत श्रीलंकासंग पराजित

आइतबार, साउन २०, २०८१

एजेन्सी : विश्व बिजेता भारत दोस्रो एकदिवसीय क्रिकेटमा श्रीलंकासंग पराजित भएको छ ।

कोलम्बोस्थित आर प्रेमदासा क्रिकेट स्टेडियममा आईतवार राती भएको दोस्रो खेलमा भारत श्रीलंकासंग ३२ रनले पराजित भएको हो । जितकालागि घरेलुटोलीले दिएको २४१ रनको लक्ष्य पछ्याएको भारत ४२.२ ओभरमा अलआउट हुँदै २०८ रनमा समेटियो ।

भारतकालागि कप्तान रोहित शर्माले सर्वाधिक ६४ रनको पारी खेले । अक्षर पटेलले ४४ तथा शुभमन गिलले ३५ रनको योगदान गरेपनि अन्य खेलाडीहरुले सम्झन लायकको प्रदर्शन गर्न सकेनन् । वासिङ्टन सुन्दरले १५ तथा बिराट कोहलीले १४ रन बनाएपनि अन्य कुनैपनि भारतीय खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।  

भारतलाई सस्तैमा समेट्ने क्रममा जेफ्री वान्डरसेले घातक बलिङ गरे । १० ओभर बलिङ गरेका उनले मात्र ३३ रन खर्चिएर सर्वाधिक ६ विकेट हात पारे । चरित असालान्काले ३ विकेट लिए । ६.२ ओभर बलिङ गरेका उनले २ ओभर मेडन राख्दै २० रन खर्चिएर ३ विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १२० रन बनाएको थियो । उसकालागि कामिन्दु मेन्डिस र अविष्का फर्नान्र्डोले समान ४०/४० रनको योगदान गरे । दुनिथ विलालागेले ३९ तथा  कुसल मेन्डिसले ३० रन बनाए । एक दिवसीय खेलमा श्रीलंकाले ३ बर्षपछि भारतलाई हराएको हो ।

सन् २०२१ मा भएको खेलमा भारत श्रीलंकासंग विकेटले पराजित भएको थियो । सन् १९९७ यता भारत विरुद्धको एकदिवसीय सिरिज श्रीलंकाले जित्न सकेको छैन ।

यदि श्रीलंकाले अन्तिम खेलमा भारतलाई हराएमा उसले २७ बर्षपछि भारतविरुद्धको एकदिवसीय सिरिज जित्नेछ ।
 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  २२:३६
प्रतिक्रिया दिनुहोस्