ADD FOR WEBSIDE ADD FOR WEBSIDE
काभा वुमन्स भलिबल

नेपालले आज माल्दिभ्ससंग खेल्दै

सोमबार, साउन २१, २०८१

काठमाडौँ : काठमाडौँमा जारी काभा वुमन्स नेसन्स लिग भलिबलमा आज लिग चरणका अन्तिम दुई खेलहरु हुँदैछन् ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज हुने खेलमा उपाधि दावेदार भारत र श्रीलंका तथा नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । भारत र श्रीलंको खेल दिउँसो १ बजे तथा नेपाल र माल्दिभ्सको खेल साँझ सवा ५ बजे सुरु हुनेछ ।

भारत आज श्रीलंकालाई हराउँदै १० अंक सहित शिर्ष स्थानमा रहँदै औपचारिक रुपमा सेमिफाईन पुग्न चाहान्छ । माल्दिभ्सको खेल भने औपचारिकता मात्रै रहने छ ।

लगातार तेस्रो हारपछि माल्दिध्स प्रतियोगिताबाट बाहिरिएपछि नेपाल , श्रीलंका,भारत र ईरानले सेमिफाईनलमा स्थान बनाई सकेका छन् ।

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  ०६:०५
प्रतिक्रिया दिनुहोस्