ADD FOR WEBSIDE ADD FOR WEBSIDE
पेरिस ओलम्पिक

पदक तालिकामा चीनलाई अमेरिकाले उछिन्यो 

सोमबार, साउन २१, २०८१

एजेन्सी : फ्रान्समा जारी पेरिस ओलम्पिक २०२४ को पदक तालिकामा चीनलाई अमेरिकाले उछिनेको छ ।

आईतवारसम्म पदक तालिकाको शिर्ष स्थानमा चीनलाई अमेरिकाले पछि पारेको हो । १९ स्वर्ण, २६ रजत र २६ काश्य सहित कूल ७१ पदक जितेको अमेरिका शिर्ष स्थानमा छ ।

१९ स्वर्ण,१५ रजत र ११ काश्य गरी ४५ पदक जितेको चीन दोस्रो स्थानमा छ । १२ स्वर्ण,१४ रजत र १८ काश्य सहित ४४ पदक जितेको आयोजक फ्रान्स तेस्रो स्थानमा छ ।

चौथो स्थानमो अष्ट्रेलियाले १२ स्वर्ण,११ रजत र ८ काश्यसहित ३१ पदक जितेको छ ।


 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  ०६:२१
प्रतिक्रिया दिनुहोस्