ADD FOR WEBSIDE ADD FOR WEBSIDE
काभा वुमन्स भलिबल

श्रीलंकालाई हराउँदै भारत सेमिफाईनलमा

सोमबार, साउन २१, २०८१

काठमाडौँ : श्रीलंकालाई हराउँदै भारत काभा वुमन्स नेसन्स लिग भलिबलको सेमिफाईनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको खेलमा श्रीलंकामाथि ३–० को सोझो सेटमा हराउँदै भारत शिर्ष स्थानमा रहँदै सेमिफाईनलमा पुगेको हो । भारतले पहिलो सेट २५–१३ ले सहजै आफ्नो पक्षमा पार्यो ।

निकै प्रतिस्पर्धात्मक दोस्रो सेटमा भारतले २५–२१ ले श्रीलंकालाई हरायो । तेस्रो सेटमा पनि श्रीलंकामाथि हावी देखिएको भारतले २५–२० ले खेल आफ्नो पक्षमा बनायो । जितसंगै भारत १० अंक सहित शिर्ष स्थानमा उक्लिएको छ ।

आजै दिउँसो सवा ३ बजे हुने लिग चरणको अन्तिम खेलमा  नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ ।

सेमिफाइनलमा लिगको शिर्ष र चौथो टोली तथा दोस्रो र तेस्रो टोलीबीच प्रतिस्पर्धा हुनेछ । 
 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १४:२०
प्रतिक्रिया दिनुहोस्