ADD FOR WEBSIDE ADD FOR WEBSIDE
काभा वुमन्स भलिबल

नेपालले सेमिफाइलमा इरानसँग खेल्ने

भारतको प्रतिद्वन्द्वी श्रीलंका
सोमबार, साउन २१, २०८१

काठमाडौँ : काठमाडौँमा जारी काभा वुमन्स नेसन्स लिग भलिबलको सेमिफाइनल समीकरण पूरा भएको छ ।

आज भएको लिग चरणको अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई हराएसंगै सेमिफाइनल समीकरण पूरा भएको हो । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा जित निकालेको हो । नेपालले माल्दिभ्सलाई २५–८,२५–१९ र २५–१८ को सहज जित निकालेको हो ।

नेपाले आज सिनियर खेलाडीहरु कप्तान अरुणा शाही,उषा भण्डारी र सरस्वतीलाई विश्राम दिएर दोस्रो रोजाईका खेलाडीहरुलाई मैदान उतारेको थियो । 

आजै भएको पहिलो खेलमा भारतले श्रीलंकालाई ३–० को सोझो सेटमा हराएको छ । भारतले श्रीलंकालाई २५–१३ ,२५–२१ र २५–२० ले पराजित गरेको हो । जितसंगै भारत १० अंक सहित शिर्ष स्थानमा रहेर सेमिफाईनल खेल्ने भएको छ । 
यस्तो बन्यो सेमिफाईनल खेल तालिका
भारतको प्रतिद्धन्दी श्रीलंका
१० अंक सहित शिर्ष स्थानमा रहेको भारतले चौथो स्थानमा रहेको श्रीलंकासंग खेल्ने भएको छ । उपाधि दाबेदार भारत श्रीलंकालाई हराउँदै फाईनल पुग्ने लगभग पक्का देखिएको छ । भारतले नेपाल बाहेक सबै देशलाई पराजित गरेको छ । 
नेपालको प्रतिद्धन्दी ईरान
माल्दिभ्सलाई हराएको नेपालको ९ अंक भएको छ । भारत पछि दोस्रो स्थानमा रहेकाले नेपालले सेमिफाईनलमा फेरि ईरानसंग खेल्नुपर्ने छ । लिग चरणको खेलमा नेपाल ईरानसंग पराजित भएकाले नेपाललाई फाईनल पुग्न त्यति सहज छैन । सेमिफाइनलमा लिगको शिर्ष र चौथो टोली तथा दोस्रो र तेस्रो टोलीबीच प्रतिस्पर्धा हुनेछ । 
 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १६:२३
प्रतिक्रिया दिनुहोस्