ADD FOR WEBSIDE ADD FOR WEBSIDE
काभा वुमन्स नेसन्स लिग

फाइनल पुग्न आज इरानलाई हराउनै पर्ने दबाबमा नेपाल

मंगलबार, साउन २२, २०८१

काठमाडौ : काभा वुमन्स नेसन्स लिग भलिबलको पहिलो सेमिफाइनलमा आज नेपाल र ईरानबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा साँझ सवा ५ बजे हुने खेलमा नेपाल इरानलाई हराउँदै फाईनल पुग्ने योजनाका साथ मैदान उत्रने छ । माल्दिभ्सविरुद्धको खेलमा बिश्राम लिएका कप्तान अरुणा शाही,उषा भण्डारी र सरस्वती चौधरी इरानविरुद्धको खेलमा उत्रने भएकाले नेपालले इरानलाई हराउने सम्भावना छ ।

तर लिग चरणमा नेपाललाई हराएको इरानपनि त्यति कमजोर भने छैन  । त्यसैले नेपालकालागि आजको खेल गर या मरको अबस्थामा छ ।

त्यसअघि पहिलो सेमिफाईनलमा भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुदैँछ । यी दुई टोलीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । 
 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  ०८:३२
प्रतिक्रिया दिनुहोस्