ADD FOR WEBSIDE ADD FOR WEBSIDE
टी–२० विश्वकप:

वेष्टईण्डिज उड्यो नेपाली क्रिकेट टोली 

आइतबार, वैशाख २३, २०८१

काठमाण्डौ :नेपाली क्रिकेट टोली वेष्टईण्डिज प्रस्थान गरेको छ । टी–२० विश्वकप क्रिकेटमा प्रतिस्पर्धा गर्न नेपाली क्रिकेट टोली आईतबार बिहान २ बजे वेष्टईण्डिज उडेको हो ।

नेपाल क्रिकेट संघ क्यानका अनुसार आईतबार बिहान ११ जना जना त्यसतर्फ प्रस्थान गरेका हुन् । जसमा ७ खेलाडी र ४ अफिसियल रहेका छन् । बाँकी टोली आईतबार दिउँसो जानेछन् ।

आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपका लागि नेपाली टोली दुई चरणमा त्यसतर्फ गएका हुन्  । वेष्टइण्डिजमा रहदाँ नेपालले ५ दिन अभ्यास खेल खेल्नेछ ।

अभ्यास पछि नेपाली क्रिकेट टोली अमेरिका जानेछ । टी–२० विश्वकप आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा सुरु हुँदैछ । विश्वकपमा नेपाल रहेको समुह डी मा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्स छन् ।

वेष्ट इण्डिज रहेको समूह ‘सी’ मा न्युजिल्यान्ड, अफगानिस्तान, पपुवा न्यु गिनी र युगाण्डा रहेका छन् । नेपालले जुन ४ मा नेदरल्याण्डसंग खेल्दै बिश्वकपको सुरुवात गर्नेछ । जुन १२ मा श्रीलंका ,जुन १५ मा दक्षिण अफ्रिका तथा जुन १७ मा बङ्गलादेशसंग खेल्ने छ ।


यस्तो बिश्वकप खेल्ने नेपाली टोली :
-कप्तान रोहितकुमार पौडेल
-आसिफ शेख
-अनिल साह
-कुशल भुर्तेल
-कुशल मल्ल
-दीपेन्द्रसिंह ऐरी
-ललित राजवंशी
-करण केसी
-गुलसन झा
-सोमपाल कामी
-प्रतिश जीसी
-सन्दीप जोरा
-अविनाश बोहरा
-सागर ढकाल
-कमलसिंह ऐरी 
 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  ०५:००
प्रतिक्रिया दिनुहोस्