ADD FOR WEBSIDE ADD FOR WEBSIDE

बंगलादेशका पूर्व क्रिकेटरको घरमा आगजनी र लुटपाट

मंगलबार, साउन २२, २०८१

एजेन्सी : बंगलादेशका पूर्व क्रिकेटर मशरफे मुर्तजाको घरमा प्रदर्शनकारीहरुले आगो लगाईएका छन् ।

सरकारी जागिरमा दिईँदै आएको आरक्षण खारेजीको माग गर्दै चर्किएको आन्दोलन थेग्न नसक्ने अवस्थामा पुगेपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिँदै देश छाडेर भागेकी छन् । आरक्षण विरुद्ध जारी आन्दोलन शान्त हुने अवस्थामा छैन । स्थिति बिग्रँदै जाँदा बंगालादेशका सरकारी भवनहरुमा प्रदर्शनकारीहरुले कब्जा जमाएका छन् । कतिपय स्थानमा लुटपाट समेत भएको छ ।

बंगलादेशका पूर्व क्रिकेटर मशरफे मुर्तजा शेख हसिनाको पार्टी अवामी लीगबाट सांसद निर्वाचित भएका थिए । विरोधका बीचमा मुर्तजाको घरमा आगो लगाइदिएको भिडियोहरु सामाजिक सञ्जालमा छताछुल्ल भएका छन् । उनको घरमा आगजनी गर्नुअघि तोडफोड र लुटपाटको घटना भएको खबर सार्वजनिक भएको छ ।

मुर्तजा बंगलादेशको नराइल–२ निर्वाचन क्षेत्रका सांसद हुन् । उनी पूर्व प्रधानमन्त्री शेख हसिनाको निकट मानिन्छ । मुर्तजा यस वर्ष नरैल–२ बाट लगातार दोस्रो पटक सांसद निर्वाचित भएका थिए । मशरफे मुर्तजाको घरमा आगजनी गर्नुका साथै जिल्लास्थित अवामी लिगको कार्यालयमा पनि प्रदर्शनकारीले आगजनी गरेका छन् ।

सोही जिल्लामा पार्टी अध्यक्ष सुभाषचन्द्र बोसको घरमा तोडफोड भएको छ । नारायणगञ्ज–४ निर्वाचन क्षेत्र र अवामी पार्टीसँग आवद्ध धेरै नेताहरुको घरमा लुटपाट र तोडफोडको खबर आएको छ । शेख हसिनाले देश छोडेपछि उनको सरकारी निवासमा लुटपाट र तोडफोड भएको छ । हसिनाका पिता शेख मुजिबुर रहमानको प्रतिमा समेत प्रदर्शनकारीहरुले घनले हानेर भत्काइएको छ ।
मोर्तजाले बंगलादेशबाट २० वर्ष क्रिकेट खेले
मशरफे मोर्तजाले बंगलादेशका लागि  २० वर्षसम्म क्रिकेट खेलका छन् ।

 लामो समय देशको कप्तानी सम्हालेका उनले आफ्नो ऐतिहासिक करियरमा ३६ टेस्ट खेल खेलेका छन् । टेस्टतर्फ उनले ७९७ रन बनाएका छन् भने ७८ विकेट लिएका छन् ।

 २२० एकदिवसीय खेलेका उनले १ हजार ७८७ रन बनाउँदा २७० विकेट लिएका थिए । आफ्नो टी–२० करियरमा ५४ खेल खेलेका  उनले ३७७ रन बनाउँदा ४२ विकेट लिएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  ०९:१४
प्रतिक्रिया दिनुहोस्