ADD FOR WEBSIDE ADD FOR WEBSIDE
काभा वुमन्स भलिबल

श्रीलंकालाई हराउँदै भारत फाइनलमा

मंगलबार, साउन २२, २०८१

काठमाडौँ : भारत काभा वुमन्स नेसन्स लिग भलिबलको फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको पहिलो सेमिफाईनलमा श्रीलंकालाई ३–० को सोझो सेटमा हराउँदै भारतले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

भारतले श्रीलंकालाई २५–१५,२५–१६ र २५–२३ ले पराजित गरेको हो ।

आज हुने दोस्रो सेमिफाईनलमा नेपाल र इरानबीचको बिजेताले उपाधिकालागि भारतसंग खेल्नेछ । 
 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १६:२९
प्रतिक्रिया दिनुहोस्