ADD FOR WEBSIDE ADD FOR WEBSIDE
काभा वुमन्स भलिबल

इरानलाई हराउँदै नेपाल फाइनलमा

उपाधिकालागि भारतसंग खेल्ने
मंगलबार, साउन २२, २०८१

काठमाडौँ : पहिलो पटक इरानलाई हराउँदै नेपाल काभा वुमन्स नेसन्स लिग भलिबलको फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको सेमिफाइनलमा इरानलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले भारतसंग उपाधि भिडन्त पक्का गरेको हो । प्रतिस्पर्धात्मक खेलमा  नेपालले इरानलाई २५–२१ , २८–२६ र २५–२० ले पराजित गरेको हो । नेपालले इरानलाई हराउँदै समुहचरणमा भोगेको हारको बदला समेत लिएको छ ।

आजै भएको पहिलो सेमिफाइनलमा श्रीलंकालाई हराउँदै भारतले फाइनलमा स्थान बनाइसकेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको खेलमा भारतले श्रीलंकालाई ३–० को सोझो सेटमा हराएको हो । भारतले श्रीलंकामामाथि २५–१५,२५–१६ र २५–२३ को जित निकालेको हो ।

पराजित इरानले तेस्रो स्थानका लागि भोली दिउँसो २ बजे श्रीलंकासंग खेल्ने छ ।

भारत र नेपालबीचको फाइनल खेल भोली साँझ ५ बजे सुरु हुनेछ ।

लिग चरणमा भारतलाई हराईसकेको नेपालले फाइनलमा भारतलाई हराउँदै स्वर्ण पदक जित्ने अवसर छ । 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १८:५९
प्रतिक्रिया दिनुहोस्