ADD FOR WEBSIDE ADD FOR WEBSIDE

काभा भलिवल : उपाधिकालागि नेपाल र भारत भिड्दै

बुधबार, साउन २३, २०८१

काठमाडौँ : काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधी छिनोफानो आज हुदैँछ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज साँझ ५ बजे हुने खेलमा उपाधिकालागि चिर प्रतिद्वन्दी भारत र घरेलु टोली नेपाल प्रतिस्पर्धा हुनेछ । लिग चरणमा भारतलाई हराईसकेको नेपाल भारतलाई हराउँदै स्वर्णपदक जित्न चाहान्छ ।

सन् २०१९ मा भएको साउथ एसियन गेम्समा भारतले फाइनलमा नेपाललाई हराउँदै स्वर्ण जितेको थियो । हारपछि रजत पदका चित्त बुझाएको नेपाललाई भारतमाथि अर्को इतिहास कोर्ने अवसर पनि छ ।

मंगलवार भएको सेमिफाइनलमा इरानलाई पहिलो पटक हराउँदै नेपालले भारतसंग उपाधि भिडन्त पक्का गरेको हो । हिजो भएको सेमिफाइनलमा इरानलाई ३–० काे सोझो सेटमा पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा  नेपालले इरानलाई २५–२१ , २८–२६ र २५–२० ले पराजित गरेको हो । नेपालले इरानलाई हराउँदै समुहचरणमा भोगेको हारको बदला समेत लिएको छ । त्यसअघि इरान र श्रीलंकाबीच तेस्रो स्थानकालागि दिउँसो २ बजे प्रतिस्पर्धा गर्नेछ । 
 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  ०८:२३
प्रतिक्रिया दिनुहोस्