ADD FOR WEBSIDE ADD FOR WEBSIDE

भारत र श्रीलंकाबीचको अन्तिम एक दिवशीय आज 

श्रीलंकालाई २७ बर्षपछि उपाधि जित्ने अवसर
बुधबार, साउन २३, २०८१

एजेन्सी : भारत र श्रीलंकाबीचको तेस्रो तथा अन्तिम एकदिवशीय सिरिज आज हुँदैछ ।

श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा क्रिकेट स्टेडियममा आज २ ४५ बजे हुने खेलमा विश्व विजेता भारत पहिलो जित निकाल्दै सिरिज बराबरी गर्ने योजनामा हुनेछ । पहिलो खेल टाई हुँदा दोस्रो खेलमा श्रीलंकाले भारतलाई ३२ रनले हराएको थियो । श्रीलंका पनि घरेलु मैदानमा भारतलाई हराउँदै २७ बर्षपछि भारतविरुद्धको एकदिवसीय सिरिज जित्ने दाउमा छ । सन् १९९७ यता भारत विरुद्धको एकदिवसीय सिरिज श्रीलंकाले जित्न सकेको छैन । सन् २०२१ मा भएको खेलमा भने भारत श्रीलंकासंग पराजित भएको थियो । भारतलाई हराउन मात्रै श्रीलंकालाई ३ वर्ष लागेको थियो ।

गत आईतवार राती भएको दोस्रो खेलमा भारत श्रीलंकासंग ३२ रनले पराजित भएको हो । जितकालागि घरेलुटोलीले दिएको २४१ रनको लक्ष्य पछ्याएको भारत ४२.२ ओभरमा अलआउट हुँदै २०८ रनमा समेटियो ।
भारतकालागि कप्तान रोहित शर्माले सर्वाधिक ६४ रनको पारी खेले । अक्षर पटेलले ४४ तथा शुभमन गिलले ३५ रनको योगदान गरेपनि अन्य खेलाडीहरुले सम्झन लायकको प्रदर्शन गर्न सकेनन् । वासिङ्टन सुन्दरले १५ तथा बिराट कोहलीले १४ रन बनाएपनि अन्य कुनैपनि भारतीय खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।  


भारतलाई सस्तैमा समेट्ने क्रममा जेफ्री वान्डरसेले घातक बलिङ गरे । १० ओभर बलिङ गरेका उनले मात्र ३३ रन खर्चिएर सर्वाधिक ६ विकेट हात पारे । चरित असालान्काले ३ विकेट लिए । ६.२ ओभर बलिङ गरेका उनले २ ओभर मेडन राख्दै २० रन खर्चिएर ३ विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १२० रन बनाएको थियो । उसकालागि कामिन्दु मेन्डिस र अविष्का फर्नान्र्डोले समान ४०÷४० रनको योगदान गरे । दुनिथ विलालागेले ३९ तथा  कुसल मेन्डिसले ३० रन बनाएका थिए । 


 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  ०८:३६
प्रतिक्रिया दिनुहोस्