ADD FOR WEBSIDE ADD FOR WEBSIDE

फोगाट पेरिस ओलम्पिकको फाइनल खेल्न अयोग्य

बुधबार, साउन २३, २०८१

एजेन्सी : भारतीय महिला रेस्लर विनेश फोगाट पेरिस ओलम्पिकको फाइनल खेल्न अयोग्य भएकी छन् ।

तोकिएको विधामा बढी तौलका कारण फोगाटले पेरिस ओलम्पिकबाट बाहिरिनु परेको हो । ५० केजी तौल समूहमा खेलिरहेकी विनेशको तौल जोख्ने क्रममा आज १०० ग्राम तौल बढी देखिएपछि उनी ओलम्पिक महिला कुस्तीमा खेल्न नपाउने गरी अयोग्य घोष्ति भएकी हुन् ।

ओलम्पिकबाट बाहिरिएपछि फोगाटको स्वास्थ्य बिग्रिएको र उनलाई अस्पतालमा भर्ना गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनी गएराती क्युबाका पहलमानलाई हराउदै फाइनलमा पुगेकी थिइन् ।  

अयोग्य भएसँगै उनको ओलम्पिकमा स्वर्ण पदक जित्ने सम्भावना सकिएको छ । भारतीय ओलम्पिक संघले विनेशको गोपनीयताको सम्मान गर्न अनुरोध गरेको छ । 
 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १७:०५
प्रतिक्रिया दिनुहोस्