ADD FOR WEBSIDE ADD FOR WEBSIDE

नेपाल स्तब्ध पार्दै काभा भलिबलको उपाधि भारतलाई 

बुधबार, साउन २३, २०८१

काठमाडौँ : काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधि भारतले हात पारेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा आज भएको फाइनलमा घरेलु टोली नेपालाई ३–२ को सेटमा स्तब्ध पार्दै भारतले उपाधि हात पारेको हो । प्रतिस्पर्धात्मक खेलमा २–१ ले पछि परेको अबस्थालाई उल्टाउँदै भारतले नेपाललाई स्तब्ध बनाएको हो । निकै प्रतिस्पर्धात्मक खेलमा नेपालले पहिलो सेटमा भारतलाई २५–२३ ले पराजित गरेको थियो ।

त्यसपछि कमजोर प्रदर्शन गरेको नेपालले दोस्रो सेट १४–२५ ले भारतलाई सहजै सुम्पन पुग्यो । तेस्रो सेटमा भने नेपालले भारतलाई २५–२३ ले पराजित गर्दै खेल २–१ अवस्थामा पुर्याएको थियो । चौथो सेटमा भने भारतले २५–२१ ले नेपाललाई हराउँदै खेल २–२ को बराबरीमा पुर्याएको थियो । पाँचौ तथा निणार्यक सेटमा नेपाल ५–१५ पराजित भएको हो ।

यसअगि आजै भएको पहिलो खेलमा श्रीलङ्कालाई पराजित गर्दै इरानले तेस्रो स्थान हात पारेको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपमा आज भएको खेलमा इरानले श्रीलङ्कालाई ३–० को सोझो सेटमा पराजित गरेको हो । इरानले श्रीलङ्कामाथि २५–२२, २८–२६, र २५–१७ ले पाखा लगाउँदै जित हासिल गरेको हो । 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १९:३०
प्रतिक्रिया दिनुहोस्