ADD FOR WEBSIDE ADD FOR WEBSIDE
आईपिएल:

बैंग्लुरुको प्लेअप सम्भावना कायमै,गुजरात ४ विकेटले पराजित 

आइतबार, वैशाख २३, २०८१

काठमाण्डौ :ईण्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लुरुले प्लेअपको सम्भावना कायमै राखेको छ । शनिबार राती भएको खेलमा अंक तालिकाको पुछारमा रहेको बैंग्लुरुले गुजरात टाइटन्समाथि ४ विकेटको जित निकाल्दै प्लेअपको सम्भाबना कायमै राखेको हो ।

जितका लागि गुजरातले दिएको १ सय ४८ रनको लक्ष्य बैंग्लुरुले १३.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । बैंग्लुरुको जितमा कप्तान फाप डुु प्लेसिले सर्बाधिक ६४ रनको योगदान गरे ।

बिराट कोहलीले ४२ तथा  दिनेश कार्तिकले २१ रन जोडे । त्यसअघि एम चिन्नास्वामी स्टेडियममा टस हारेर  पहिले ब्याटिङमा तानिएको गुजरात १९.३ ओभरमा अलआउट हुँदै १४७ रनमा समेटियो । गुजरातकालागि मसूद शाहरुख खानले सर्बाधिक ३७ रनको योगदान गरे ।

राहुल तेवाटिया ३५,डेभिड मिलरले ३० तथा राशिद खानले १८ रन जोडे । बलिङतर्फ मोहम्मद सिराज, यश दयाल र विजयकुमार व्यासले २–२ विकेट लिए । क्यामरुन ग्रीन र कर्ण शर्माले १–१ विकेट हात पारे । जितसंगै बैंग्लुरु ८ अंक सहित सातौँ स्थानमा उक्लिएको छ । 
 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  ०५:२७
प्रतिक्रिया दिनुहोस्