ADD FOR WEBSIDE ADD FOR WEBSIDE

२७ बर्षपछि भारतविरुद्धको एकदिवसीय सिरिज श्रीलंकालाई

बुधबार, साउन २३, २०८१

एजेन्सी : भारतविरुद्धको एकदिवसीय सिरिज श्रीलंकाले २–० ले जितेको छ ।

बुधवार राती  भएको तेस्रो तथा अन्तिम खेलमा भारतलाई ११० रनको पराकिलो अन्तरले हराउँदै श्रीलंकाले २७ बर्षपछि भारतविरुद्धको एकदिवसीय सिरिज उचालेको हो । जितकालागि श्रीलंकाले दिएको २४९ रनको लक्ष्य पछ्याएको भारत २६.१ ओभरमा अलआउट हुँदै १३८ रनमा समेटियो ।

भारतकालागि कप्तान रोहित शर्माले ३५ तथा वासिङ्टन सुन्दरले ३० रन जोडे । विराट कोहलीले २० तथा  रियान परागले १५ रन बनाएपनि अन्य खेलाडीहरुले दोहोरो अंकको रन बनाउन सकेनन् । शिवम दुवेले ९ रन जोडे । श्रेयस अय्यरले ८ रन बनाउँदा ऋषभ पन्त र शुभमन गिलले समान ६-६ रन जोडे । अक्षर पटेल २ रनमा समेटिए । भारतलाई सस्तैमा समेट्ने क्रममा श्रीलंकाका लागि डुनिथ भेलालागेले सर्वाधिक ५ विकेट लिए । ५.१ ओभर बलिङ गरेका उनले मात्र २७ रन खर्चिए । तेक्षाना र वान्डरसेले २–२ विकेट लिए ।

त्यसअघि कोलम्बोस्थित आर प्रेमदासा क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै २४८ रन बनाएको थियो । उसकालागि अविष्का फर्नान्डोले सर्वाधिक ९६ रनको योगदान गरे । १२७ बलको सामना गरेका उनले ९ चौका र २ छक्का प्रहार गरे । कुशले मेण्डिसले ५९ ,पथुम निसान्काले ४५ तथा कामिन्दु मेन्डिसले २३ रन बनाए ।
पहिलो खेल टाई हुँदा दोस्रो खेलमा श्रीलंकाले भारतलाई ३२ रनले हराएको थियो । सन् १९९७ यता भारत विरुद्धको एकदिवसीय सिरिज श्रीलंकाले जित्न सकेको थिएन ।

योसंगै श्रीलंकाले २७ बर्षपछि भारतविरुद्धको एकदिवसीय सिरिज उचालेको हो ।

सन् २०२१ मा भएको खेलमा भने भारत श्रीलंकासंग पराजित भएको थियो ।

भारतलाई हराउन मात्रै श्रीलंकालाई ३ वर्ष लागेको थियो ।

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  २०:५२
प्रतिक्रिया दिनुहोस्