ADD FOR WEBSIDE ADD FOR WEBSIDE

दशरथ रंगशालाले पायो अन्तरराष्ट्रिय मान्यता

राखेपको प्रयासपछि रंगशालाको शाख जोगियो
बिहीबार, साउन २४, २०८१

काठमाडौँ : राष्ट्रिय खेलकुद परिषद्को प्रयासपछि दशरथ रंगशालाको शाख जोगिएको छ ।

अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि अयोग्य घोषित रंगशालाले पुनः अन्तराष्ट्रिय मान्यता पाउन सफल भएको हो । दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न एशियाली फुटबल महासंघले अनुमति दिएसंगै दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्त्यता पाएको हो । राष्ट्रिय खेलकुद परिषद्ले एन्फालाई एएफसीको आधिकारिक जवाफ माग गरे संगै एन्फाको जवाफ अनुसार दशरथ रंगशालालाई एएफसीबाट योग्य रहेको रिर्पोट प्राप्त भएको राखेपका  प्रचार-प्रसार शाखाका खुशराज दाहालले स्पोर्टस हबलाई जानकारी दिए ।

विभिन्न प्रश्न उठाउदै एफसीले  केही समय देखि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय स्तरका फुटबल प्रतियोगिता आयोजना गर्न अयोग्य ठहर गरेको थियो । एएफसीले रंगशालालाई अन्तर्राष्ट्रिय प्रतियोगितािका लागि अयोग्य भने पछि गत चैत्र महिनाबाट परिषद्ले खेल मैदानको रेखदेख र संरक्षण सुरु गरेको थियो ।

दशरथ रंगशालाको खेलमैदान अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि योग्य भएको प्रतिवेदन दिए संगै यही साउन २९ गते एएफसी च्याजेन्ज लिग छनौटको प्लेअप अन्तर्गत भुटानको पारो एफसी र  नेपालको चर्चब्वाईज युनाईटेड वीच खेल हुने भएको छ ।

मैदानले एसफसीबाट पुन मान्यता पाए पछि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले नेपाली दर्शकले फेरी रंगशालामा अन्तर्राििष्ट्रय प्रतियोगिता हेर्न पाउने बताएका छन् ।

उनले खेलमैदानको रेखदेख र संरक्षणमा राखेपले निकै मेहनत गरेको भन्दै संरक्षणमा अव कुनै कमी हुन नदिने प्रतिवद्धता जनाएका छन् ।
 

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  २०:०८
प्रतिक्रिया दिनुहोस्