ADD FOR WEBSIDE ADD FOR WEBSIDE

कराते मुख्य प्रशिक्षकमा श्रेष्ठ

शुक्रबार, साउन २५, २०८१

काठमाडौँ :  कराते खेलको मुख्य प्रशिक्षकमा दिपक श्रेष्ठ नियुक्त भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् राखेपको सदस्य सचिव स्तरिय निर्णय अनुसार श्रेष्ठलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको तालिम तथा प्रशिक्षण विभाग प्रमुख प्रचण्ड शर्माले जानकारी दिए  ।

करातेका नायव बरिष्ठ प्रशिक्षक श्रेष्ठ यस अघि सहायक मुख्य प्रशिक्षकका रुपमा कार्यरत थिए ।

करातेको मुख्य प्रशिक्षक रहेका तुल्सी महर्जन उमेर हदका कारण अवकास भए पछि केही महिना देखि मुख्य प्रशिक्षकको पद खाली थियो ।

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  ०९:०१
प्रतिक्रिया दिनुहोस्