ADD FOR WEBSIDE ADD FOR WEBSIDE

रिक्शन र सुस्मिता आइटिएफ तेक्वान्दोको वर्ष उत्कृष्ट खेलाडी

शुक्रबार, साउन २५, २०८१

काठमाडौं : बागमती प्रदेशका रिक्शन वाइबा र गण्डकी प्रदेशकी सुस्मिता थापा आइटिएफ तेक्वान्दोका उत्कृष्ट बर्ष खेलाडी घोषित भएका छन् । 
नेपाल आइटिएफ तेक्वान्दो महासंघले आफ्नो २७ औं वार्षिकोत्सवका अवसरमा यस वर्ष उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीसँगै प्रशिक्षक र जिल्लालाई पुरस्कृत गरेको हो । कोशीकी सजिना तामाङ यस वर्षको उदीयमान खेलाडीका रूपमा पुरस्कृत भएकी छन् । महासंघले आफ्नो २७ औं स्थापना दिवसका अवसरमा  मानव सेवा आश्रममा खाना खुवाउने, रक्तदान गर्ने र सरसफाईलगायत गतिविधि गरेको महासंघका अध्यक्ष प्रविणकुमार कार्कीले जानकारी दिए ।


महासंघले अन्तिम दिने भने वर्षभर उत्कृष्ट योगदान दिने खेलाडी, प्रशिक्षक, प्रदेश र जिल्लालाई पुरस्कृत गरेको हो । यस वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड लुम्बिनीका कृष्ण थापामगरले प्राप्त गरे ।

महासंघले उदीयमान प्रशिक्षकका रूपमा मनोज पुलामी मगरलाई पुरस्कृत गरेको छ । उत्कृष्ट प्रदेश लुम्बिनी र उत्कृष्ट जिल्ला काठमाडौंले प्राप्त गर्यो  । अवार्ड प्राप्त गर्ने खेलाडीलाई नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, राष्ट्रिय खेलकुद परिषद्(राखेप)का बोर्ड सदस्य अन्जन धमला र महासंघका अध्यक्ष प्रवीणकुमार कार्कीलगायतले पुरस्कृत गरेका थिए । 

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  ०९:१६
प्रतिक्रिया दिनुहोस्