ADD FOR WEBSIDE ADD FOR WEBSIDE

साफ च्याम्पियनसीपका लागि नेपाली टोलीको घोषणा 

शनिबार, साउन २६, २०८१

काठमाडौँ :अखिल नेपाल फुटबल संघ एन्फाले २० वर्ष मुनिको साफ च्याम्पियनसीपका लागि नेपाली टोलीको घोषणा गरेको छ ।

एन्फाले आगामी भदौ २ गतेदेखि काठमाडौंमा हुने च्याम्पियनसीपका लागि २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो । नेपाली टोलीमा जियाराथ शेख,कृशल मोक्तान र विशाल केसी ३ जना गोलकिपर रहेका छन् ।

यस्तै टोलीमा विशाल केसी, सिमन्त थापा, अश्विन घोरासैनी, विक्रम तामाङ, आयुश तिम्सिना, मदन पौडेल, राम थापा र समिन घिमिरे रहेका छन् ।  सरोज दर्लामी, निङ्साङ्ग लिम्बु, कुशल देउवा, अविनाश स्याङ्तान, जनप्रकाश बम, लक्षु थापा, निरज कार्की, हरिशराज भट्ट, धर्बेन्दर कुँवर, अनिल बम्जन, समिर तामाङ, निराजन धामी र रोहन खड्गीपनि अन्तिम टोलीमा परेका छन् ।

च्याम्पियनसीपको उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकासँग भदौ २ गते खेल्ने तालिका छ । भदौ ६ गते नेपालले बंगलादेशसँग खेल्ने छ । च्याम्पियनसिपमा पाकिस्तान बाहेक दक्षिण एसियाका ६ टोली सहभागी छन् ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह "ए" मा नेपाल, श्रीलंका र बंगलादेश छन् भने समूह "बी" मा भारत, माल्दिभ्स र भुटान रहेका छन् । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

 

454819899_804746741817813_6869929392937258478_n-1723287692.jpg


 

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  १६:४६
प्रतिक्रिया दिनुहोस्