ADD FOR WEBSIDE ADD FOR WEBSIDE

काभा वीच भलिबल प्रतियोगितामा दोस्रो स्थान ल्याउने  राष्ट्रिय खेलाडी सम्मान

शनिबार, साउन २६, २०८१

ललितपुर :  सैबु भलिबल क्लबले भलिबल खेलका राष्ट्रिय टीमका कप्तान  मानबहादुर श्रेष्ठ र राष्ट्रिय खेलाडी दीलबहादुर सुनारलाई सम्मान गरेको छ ।

भुटानको थिम्पुमा अगष्ट १ देखि ३ तारिखमा सम्पन्न सेन्ट्रल जोन एशियन भलिबल एसोसिसन  (काभा ) वीच भलिबल  प्रतियोगितामा दोस्रो स्थान( फस्ट रनरअप) हासिल गरेका दुई खेलाडीलाई सम्मान गरेको हो । प्रतियोगितामा कप्तान श्रेष्ठ र सुनारको जोडीले प्रतिस्पर्धा गरेका थिए । सो प्रतियोगितामा माल्दिभ्सले पहिलो स्थान हासिल गरेको थियो ।

सम्मान कार्यक्रममा क्लबका अध्यक्ष धिरज कुँबरले सम्मानपत्र प्रदान गरेका थिए ।   सम्मान कार्यक्रममा बोल्दै राष्ट्रिय कप्तान श्रेष्ठले  सम्मानले भर्खरै खेलिरहेका खेलाडीलाई समेत प्रोत्साहन मिल्ने बताए ।

खेलकुदलाई कसरी अघि बढाउने र यस स्थानलाई परिचय गराउने भन्ने विषयमा गहन छलफल गर्नुपर्ने बताए ।  सम्मानित मध्ये राष्ट्रिय खेलाडी एवं कप्तान श्रेष्ठ सैंबु भलिबल क्लबका कार्यकारी सदस्य पनि हुन ।
 

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  १७:३२
प्रतिक्रिया दिनुहोस्