ADD FOR WEBSIDE ADD FOR WEBSIDE

महिला भलिवल खेलाडीले जनही ३ लाख पाउने

आइतबार, साउन २७, २०८१

काठमाडौँ :राष्ट्रिय महिला भलिवल खेलाडीले जनही ३ लाख रुपैयाँ पाउने भएका छन् ।

काठमाडौँमा सम्पन्न काभा वुमन्स नेसन्स लिगमा उपविजेता बनेको नेपाली टोलीका प्रत्येक खेलाडीहरुलाई सरकारले पुरस्कार स्वरुप जनही ३ लाखका दरले पुरस्कार दिने भएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलाडीहरुलाई पुरस्कारका लागि युवा तथा खेलकुद मन्त्रालय मार्फत नेपाल सरकारलाई सिफारिस गरेको छ ।

राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार प्रतियोगितामा सहभागी १४ जना खेलाडीले जनही तीन लाख रुपयाँ पाउने छन ।

यस्तै प्रशिक्षकले दुई लाख र सहायक प्रशिक्षक, व्यवस्थापक र फीजियोले जनही एक लाख बीस हजार  नगद पुरस्कार पाउने छन् ।
 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १४:३४
प्रतिक्रिया दिनुहोस्