ADD FOR WEBSIDE ADD FOR WEBSIDE

पेरिस ओलम्पिकमा सन्तोषी श्रेष्ठ ७९ औँ स्थानमा 

आइतबार, साउन २७, २०८१

काठमाडौँ :  पेरिस ओलम्पिकमा नेपालबाट म्याराथन दौडमा सहभागी धाविका सन्तोषी श्रेष्ठले ७९ औँ स्थानमा चिक्त बुझाएकी छन् ।

आज भएको म्याराथनमा श्रेष्टले निर्धारित दुरी २ घण्टा ५५ मिनेट ६ सेकेण्डमा पुरा गरेकी हुन् । यसअघि २ घण्टा ४६ मिनेट समय खर्चिदैँ आएकी उनले यस ओलम्पिकमा पुरानै किर्तिमानी समेत सुधार गर्न सकिनन् ।

उनले यसपटक  ९ मिनेट ढिला गरी ७९ औँ स्थानमा आईपुगेकी हुन् । बिभिन्न देशका ९२ जना प्रतिस्पर्धी सहभागी म्याराथनमा डच धावीका सिफान हसन प्रथम हुँदै स्वर्ण जितिन् ।

उनले निर्धारित दुरी २ घण्टा २२ मिनेट ५५ सेकेण्डमा पुरा गरिन् ।

इथोपियाकी टिग्स आशाफा दोस्रो भईन् उनल् निर्धारित दुरी २ घण्टा २२ मिनेट ५८ सेकेण्डमा पुरा गरिन् । तेस्रो स्थान भएकी केन्याकी हेलेन ओबिरीले २ घण्टा २३ मिनेट १० सेकेण्डमा पुरा गरिन् । 
 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १६:४१
प्रतिक्रिया दिनुहोस्