ADD FOR WEBSIDE ADD FOR WEBSIDE
जबरजस्ती करणी मुद्धा:

विपक्षी झिकाउने आदेश दिएकै इजलासमा पेशी चढेपछि सन्दीपको मुद्दा हेर्न नमिल्नेमा

आगामी सुनुवाई जेठ १ गतेका लागि तोकियो
आइतबार, वैशाख २३, २०८१

काठमाडौं : बलात्कार मुद्दामा जिल्ला अदालतबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन निवेदनमाथि आइतबार पनि सुनुवाई हुन सकेन ।
उच्च अदालत पाटनका न्यायधीशहरु नृपध्वज निरौला र दुर्गा प्रसाद ढुंगानाको इजलासमा पेशी चढेपनि मुद्दा हेर्न नमिल्नेमा परेको हो । 
यसअघि विपक्षी झिकाउन आदेश दिएकै इजलासमा पेशी परेकाले मुद्दा हेर्न नमिल्नेमा परेको अदालतका उपरजिष्ट्रार तीर्थराज भट्टराईले स्पोर्टस् हबलाई जानकारी दिए। उनका अनुसार आगमी सुनुवाईको लागि जेठ १ गतेको पेशीमा गएको छ। 
लामिछानेको पुनरावेदन निवेदनको सुनुवाईको लागि यसअघि अग्राधिकारमा राखेर सुनुवाई गर्न आदेश भएको छ । तर विविध कारणले पटक पटक सुनुवाई स्थगित हुँदै आएको छ। 
यसअघि यही वैशाख १६ गते इजलासमा सुनुवाई शुरु नहुँदा लामिछानेको टी-ट्वान्टी विश्वकप खेल्ने सपना पुरा हुन सकेको थिएन। 
नाबालिका बलात्कारको अभियोग लागेका लामिछानेलाई जिल्ला अदालत काठमाडौंले बलात्कारको कसुरमा ८ वर्ष कैद र कुल ५ लाख रुपैंया क्षतिपुर्ति र जरिवाना हुने फैसला भएको छ। 
सोही फैसलाविरुद्ध लामिछाने पुनरावेदन निवेदन लिएर उच्च अदालत पाटन पुगेका हुन् भने सरकारी वकिल पक्षले पनि उनलाई नाबालिका बलात्कारकै कसुरमा सजाय हुनुपर्ने माग राखेर पुनरावेदन सहित उच्च अदालत पुगेको छ। दुवै पुनरावेदन एकैसाथ लगाउमा राखेर पेशी चढ्दै आएको छ।
 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १७:२०
प्रतिक्रिया दिनुहोस्