ADD FOR WEBSIDE ADD FOR WEBSIDE

एन्फा महिला लिगको खेलतालिका सार्वजनिक

आइतबार, साउन २७, २०८१

काठमाडौँ : एन्फा महिला लिगको खेलतालिका सार्वजनिक भएको छ ।

अखिल नेपाल फुटबलसंघ एन्फाले आज एक कार्यक्रमको आयोजना गर्दै यही भदौ १६ गतेबाट सुरु हुन लागेको एन्फा महिला लिगको खेलतालिका सार्वजनिक गरिएको हो । लिग तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा कोशी प्रदेश र वालिङ्ग नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, चन्द्रपुर नगरपालिका, वालिङ नगरपालिका, कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, संकटा एफसी र वाग्मती युवा क्लब गरी १० टोलीको सहभागिता रहनेछ । पहिलो चरणमा  ४५ खेलहरु हुने एन्फाले जनाएको छ ।  

उद्घाटन खेल दशरथ रंगशालामा हुने छ भने  बाँकी खेलहरु च्यासलको च्यासल रंगशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा  खेलाईनेछ ।

प्रतियोगिताको तयारीका लागि सहभागी टोलीले सात लाख रुपैयाँ पाउनेछन् । 
 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १९:३१
प्रतिक्रिया दिनुहोस्