सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
एजेन्सी : पेरिस ओलम्पिक २०२४ समाप्त भएको छ ।
पेरिस ओलम्पिक नेपालकालागि भने सहभागितामै सिमित बन्यो । नेपालका कुनैपनि खेलाडीले पदक जित्न सकेनन् । सअघि टेबलटेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीका डुवाना लामा र एलेक्सजेन्डर शाह, जुडोकी मनिता श्रेष्ठ प्रधान तथा ब्याडमिन्टनका प्रिन्स दाहालले सम्झन लायकको प्रदर्शन गर्न नसकेका हुन् ।
ओलम्पिकमा सबैभन्दा बढी पदक कस्लाई ?
पेरिस ओलम्पिकमा पदक तालिकाको शिर्ष स्थान अमेरिकाले आगटेको छ ।
चीनसंग तिब्र प्रतिस्पर्धामा रहेको अमेरिकाले अन्तत चीनलाई उछिन्न सफल भएको हो । अमेरिकाले ४० स्वर्ण, ४४ रजत र ४२ कांस्यसहित सर्वाधिक १२६ पदक जितेको थियो । सूचीमा चीन दोस्रो स्थानमा छ ।
चीनको खातामा ४० स्वर्ण, २७ रजत र २४ कास्य गरी कुल ९१ पदक आयो । यस वर्षको पेरिस ओलम्पिकमा सबैभन्दा बढी पदक जित्ने देश अमेरिका र चीन थिए ।
फोटोमा हेर्नुहोस यस्तो देखियो ओलम्पिक :