ADD FOR WEBSIDE ADD FOR WEBSIDE

प्रशिक्षणका लागि नेपाली क्रिकेट टोली भारत उड्यो

सोमबार, साउन २८, २०८१

काठमाडौँ : आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ को तयारीका लागि नेपाली क्रिकेट टोली भारत प्रस्थान गरेका छन् ।

नेपाल क्रिकेट संघ क्यानका अनुसार क्यानाडासंगको लिग २ को तयारी गर्न नेपाली टोली सोमवार बिहान भारत उडेको हो । नेपाली टोली प्रशिक्षणकालागि दुई साता भारतमा रहने छ ।

भारतमा रहँदा नेपालले बैंगलोरको राष्ट्रिय क्रिकेट एकेडेमीमा दुई साता प्रशिक्षण गर्ने क्यानले जनाएको छ ।  आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ को लागि २२ जना खेलाडीहरुलाई बन्द प्रशिक्षणमा रहेका छन् ।

बन्द प्रशिक्षणमा कप्तान रोहित पौडेलसंगै कुशल भुर्तेल,आशिफ शेख,अनिल शाह,देव खनाल ,भिम सार्की ,आरिफ शेख,कुशल मल्ल,दिपेन्द्र सिं ऐरी,अर्जुन साउद र सोमपाल कामी समावेश भएका छन् ।यस्तै करण केसी,गुल्शन झा, कमल सिं ऐरी,रिजन ढकाल,सन्दीप लामिछाने,ललित राजवंशी,सूर्य तामाङ,बसिर अहमद,आकाश चन्द,सागर ढकाल र सन्दीप जोरा रहेका छन् ।

विश्वकप लिग २ आगामी सेप्टेम्बरमा क्यानाडामा हुने छ ।
 

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  ०९:३८
प्रतिक्रिया दिनुहोस्