ADD FOR WEBSIDE ADD FOR WEBSIDE

चर्च ब्वाइजले आज पारो एफसीसंग प्रतिस्पर्धा गर्दै

मंगलबार, साउन २९, २०८१

काठमाडौँ : एएफसी च्यालेञ्ज लिगको प्रारम्भिक चरणमा आज (मंगलवार) चर्च ब्वाइज युनाइटेड र भुटानको लिग च्याम्पियन पारो एफसीबीच प्रतिस्पर्धा हुने भएको छ ।

यी दुई टोलीबीचको खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने छ । खेल अघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै चर्च ब्वाइजका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले च्यालेञ्ज लिग खेल्नका लागि आफ्नो टोली तयार रहेको बताएका छन् । कप्तान अनन्त तामाङले पनि आफ्नो टोली शारीरिक र मानसिक रुपमा भुटानसंग खेल्नकालागि तयार रहेको दाबी गरेका छन् ।

पारोका प्रशिक्षक पुष्पलाल शर्माले टिमको संयोजन राम्रो रहेको उल्लेख गर्दै खेल रोचक बन्ने बताएका छन् । गत वर्ष पनि पारो एफसी कप छनोट खेल खेल्न नेपाल आएको थियो । त्यतिबेला पारो मछिन्द्र क्लबसँग पारजित भएको थियो ।

जापानका स्टार फुटबल खेलाडी केइसुके होन्डाले  भोली नेपालविरुद्ध खेल्ने भएकाले खेल निकै रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ । भुटानी क्लबमा आबद्ध भएका स्टार खेलाडी होन्डा संयोगले नेपाल आईपुगेपनि उनले नेपालको दशरथ रंथशाला मैदानलाई लिएर असन्तुष्टि पोखेका छन् ।

यस खेलको विजेता टोली च्यलेञ्ज लिगको मुख्य चरणमा प्रवेश गर्नेछन् । 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  ०५:३०
प्रतिक्रिया दिनुहोस्