ADD FOR WEBSIDE ADD FOR WEBSIDE

चर्च ब्वाइज पारो एफसीसंग २–१ ले पराजित

मंगलबार, साउन २९, २०८१

काठमाडौँ : एएफसी च्यालेन्ज लिग फुटबलमा नेपालको चर्च ब्वाइज युनाइटेड भुटानको पारो एफसीसंग पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित  दशरथ रङ्गशालामा आज साँझ भएको खेलमा चर्च ब्वाईज पारो एफसीसंग २–१ गोल अन्तरले पराजित भएको हो । खेलको ३८ औँ मिनेटमा लाकेन लिम्बुले गोल गर्दै चर्च ब्वाईजलाई अग्रता दिलाए पनि जित  दिलाउन भने सकेनन् ।

त्यसको दुई मिनेटपछि पारोका किंगा वाङचुकले गोल गर्दै खेल १–१ को बराबरीमा पुर्याएका थिए । बर्षाका कारण हिल्लामे मैदानमा भएको खेलको दोस्रो हाफमा विलियम ओपोकुले गाेल गर्दै   पारोलाई २–१ काे जित दिलाएका हुन् ।

जितसंगै पारो च्यालेन्ज लिग समूह चरणका लागि छनोट भएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  २०:१४
प्रतिक्रिया दिनुहोस्