ADD FOR WEBSIDE ADD FOR WEBSIDE

एपिएफकी निरुता ठगुन्ना सहायक हवल्दारमा बढुवा

बुधबार, साउन ३०, २०८१

काठमाडौँ  : काठमाडौँमा सम्पन्न काभा वुमन्स भलिबल नेसन्स लिगमा उपबिजेता बनेको एपिएफका तीन खेलाडीलाई सशस्त्र प्रहरीले सम्मान गरेको छ ।

सशस्त्र प्रहरीको प्रधान कार्यालय हलचोकमा आज आयोजित एक कार्यक्रमकाबीच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी सहायक हवल्दार सरस्वती चौधरी, निरुता ठगुन्ना र सशस्त्र प्रहरी जवान कविता भट्टलाई सम्मान गरेको हो ।

लामो समयदेखि नेपाल एपीएफ क्लवमा आवद्ध रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताहरुमा सहभागी भई उत्कृष्ट खेल प्रदर्शन गरी देश र संगठनको छवी उच्च राख्न भुमिका खेलेको भन्दै तीनै जनालाई नगद पुरस्कारसहित सम्मान गरिएको हो ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएकी निरुता ठगुन्नालाई सशस्त्र प्रहरी जवानबाट सशस्त्र प्रहरी सहायक हवल्दार पदमा बढुवा गरिएको छ । बढुवा भएकी ठगुन्नालाई सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारिरीक सुगठन शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक रमेश कुमार पाण्डेले आज दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।

यसअघि २२ औं सशस्त्र प्रहरी दिवस–२०७९को अवसरमा सरस्वती चौधरीलाई सशस्त्र प्रहरी जवानबाट सशस्त्र प्रहरी सहायक हवल्दार पदमा पदोन्नती गरिएको थियो ।

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १८:४४
प्रतिक्रिया दिनुहोस्