ADD FOR WEBSIDE ADD FOR WEBSIDE

आदिल आलमको निलम्बन फुकुवाको संकेत

बुधबार, साउन ३०, २०८१

काठमाडौँ : नेपाल क्रिकेट संघ क्यानले क्रिकेटर आदिल आलमको निलम्बन फुकुवा गर्ने तयारी गरेको छ ।

क्यानको असार २१ मा बसेको बोर्ड बैठकले म्याच फिक्सिङ प्रक्ररणमा अदालतबाट सफाई पाएका निलम्बित राष्ट्रिय खेलाडी आदिलको बारेमा संघको अनुशासन समितिलाई १ हप्ताभित्र आवश्यक निर्णय गर्न निर्देशन दिएको थियो ।

सोहि निर्देशन बमोजिम ‘क्यानको अनुशासन समितिले आफ्नो निर्णय तयार गरिसकेको छ । उनको निलम्बन फुकुवाका बारेमा नेपाल क्रिकेट संघ (क्यान) को आगामी बोर्ड बैठकले निर्णय गर्ने क्यानले जनाएको छ ।

सन् २०२२ मा भएको पहिलो संस्करणको नेपाल टि–ट्वान्टी लिगमा म्याच फिक्सिङमा संलग्न देखिए पछि आलममाथि क्यानले प्रतिबन्ध लगाएको थियो ।

अदालतले उनलाई सफाई दिएपछि क्यान, प्रतिबन्धका बिषयमा पुर्नविचार गर्ने प्रक्रियामा रहेको छ ।
 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १८:४६
प्रतिक्रिया दिनुहोस्