ADD FOR WEBSIDE ADD FOR WEBSIDE

३९ वर्षीय मोर्केल बने, भारतीय बलिङ प्रशिक्षक

बुधबार, साउन ३०, २०८१

एजेन्सी : भारतीय क्रिकेट टोलीको बलिङ प्रशिक्षकमा दक्षिण अफ्रिकाका पूर्व बलर मोर्ने मोर्केल नियुक्त भएका छन् ।

पाकिस्तानी क्रिकेट टिमका बलिङ प्रशिक्षक रहेका ३९ वर्षीय मोर्केल भारतीय क्रिकेट टोलीको बलिङ प्रशिक्षकमा नियुक्त भएका भारतीय क्रिकेट बोर्डका सचिव जय शाहले बताएका छन् ।

मुख्य प्रशिक्षक गौतम गम्भीरको अनुरोधमा मोर्केललाई बलिङ प्रशिक्षकमा नियुक्त गरिएको हो । मोर्केलले आगामी सेप्टेम्बर १९ बाट बङ्गालादेश विरुद्ध हुने टेस्ट क्रिकेटबाट भारतीय टोलीको नेतृत्व सम्हाल्ने भातीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतले बंगालादेशसंग २ टेस्ट र तीन ओटा टी–२० खेल खेल्ने छ । गाम्भिर र मार्केलले लखनऊ सुपर जायन्ट्सका लागि सँगै काम गरेका थिए । मोर्केलले पूर्व भारतीय प्रशिक्षक पारस म्हाम्ब्रेको स्थान लिनेछन् ।

सन् २००६ देखि २०१८ सम्म अन्तर्राष्ट्रिय क्रिकेट खेलेका मोर्केलले यस अवधिमा ८६ टेस्ट, ११७ एकदिवसीय र ४४ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

सन् २०२३ को विश्वकपमा निराशाजनक प्रदर्शन गरेपछि उनले पाकिस्तानी टोलीको बलिङ प्रशिक्षक पदबाट राजीनामा दिएका थिए।

गत वर्षको जुनमा ६ महिनाको सम्झौतामा पाकिस्तानी टोलीमा समाबेश भएपनि सम्झौता पूरा हुनुअघि नै उनले राजीनामा दिएका थिए ।
 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १९:५३
प्रतिक्रिया दिनुहोस्