ADD FOR WEBSIDE ADD FOR WEBSIDE

साफ यू–२० : माल्दिभ्सको फुटबल टोली नेपालमा

बिहीबार, साउन ३१, २०८१

काठमाडौँ : साफ यू–२० च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न माल्दिभ्सको फुटबल टोली नेपाल आईपुगेको छ ।

बिहिवार नेपाल आईपुगेको टोलीलाई अखिल नेपाल फुटबलसंघ एन्फाको टोलीले भव्य स्वागत गरेको छ  । च्याम्पियनसिप आइतबारदेखि  नेपालमा सुरु हुदैँछ । उद्घाटन खेलमा घरेलुटोली नेपालले आईतवार श्रीलंकासंग दिउँसो चार बजे दशरथरंगाशालामा प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताका समूह चरणका ६ खेल, सेमिफाइनलका २ खेल र फाइनल गरी कुल ९ खेल दशरथ रंगशालामा गर्ने तयारी छ ।

तर दशरथ रंगाशालाको अबस्था खराब भएपछि अन्य मैदानमा प्रतियोगिता गर्न बिकल्प खोजिँदैछ ।

समूह ‘ए’ मा नेपाल, बंगलादेश र श्रीलंका रहेका छन् । यस्तै समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान रहेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १४:१२
प्रतिक्रिया दिनुहोस्