ADD FOR WEBSIDE ADD FOR WEBSIDE
आइपीएल :

पञ्जाबसामु १६८ रनको चुनौती

आइतबार, वैशाख २३, २०८१

काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा चेन्नेई सुपर किङ्सले पञ्जाब किङ्ग्स सामु १६८ रनको चुनौति पेश गरेको छ । 

हिमाञ्चल प्रदेश स्टेडियम धर्मशालामा टस हारेर पहिले ब्याटिङमा तानिएको चेन्नेईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६७ रन बनायो । 
चेन्नेईका लागि रबिन्द्र जडेजाले सर्बाधिक ४३ रनको योगदान गरे । कप्तान रुतुराज गायकवाडले ३२, ड्यारेल मिचेलले ३० तथा मोईन अलि र सार्दुल ठाकुरले समान १७÷१७ रनको योगदान गरे । 
चेन्नईलाई सस्तैमा समेट्ने क्रममा पञ्जाबका राहुल चहार र हर्सल पटेलले समान तीनतीन विकेट झारे । अर्षदीप सिंहले दुई तथा साम चुर्रनले एक विकेट लिए।
पाँचौ स्थानको चेन्नेई आइतकार पञ्जाबलाई हराउँदै तेस्रो स्थानमा उक्लने योजनामा छ । आँठौ स्थानको पञ्जाब पनि चेन्नेईलाई हराउँदै पाँचौ स्थानमा पुग्ने दाउमा छ । 
आइतबार नै हुने अर्को खेलमा लखनाउ सुपर जायन्ट्स र कोलकत्ता नाईटराईडर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १८:४७
प्रतिक्रिया दिनुहोस्