ADD FOR WEBSIDE ADD FOR WEBSIDE

भारतले महिला विश्वकप आयोजना गर्न मानेन

बिहीबार, साउन ३१, २०८१

एजेन्सी : भारतले महिला टी–२० विश्वकप आयोजना गर्न अस्वीकार गरेको छ ।

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बंगलादेशमा जारी राजनितिक अस्थिरताकाको कारण देखाउँदै महिला टी–२० विश्वकप आयोजना गर्न राखेको प्रस्ताव भारतले अस्वीकार गरेको हो । भारतीय क्रिकेट बोर्ड बिसीसीआईका सचिव जय शाहले आईसीसीको प्रस्ताव अस्वीकार गरेको बताएका हुन् ।

महिला टी–२० विश्वकप अक्टोबर ३ देखि अक्टोबर २० सम्म बंगलादेशमा खेलाईने यस अघि नै तय भईसकेको थियो । बंगलादेशमा अहिले राजनीतिक अस्थिरता छ । यस्तो अवस्थामा बंगलादेशमा हुने भनिएको महिला टी–२० विश्वकपमा संकटको बादल मडारिरहेको छ । बंगलादेश क्रिकेट बोर्डले पनि भारतीय क्रिकेट कन्ट्रोल बोर्डलाई भारतमै आयोजना गर्न विकल्प खोज्न अनुरोध गरेको थियो ।

अर्को वर्ष महिला एकदिवसीय विश्वकपको आयोजना भारतले नै गर्ने भएकाले निरन्तर विश्वकप आयोजना गर्ने पक्षमा भारत नरहेको सचिव शाह बताउँछन् ।

आईसीसीले बंगलादेशको बिकल्पमा युएई र श्रीलंकालाई बिश्वकप आयोजनाको जिम्मा दिने गरी तयारी थालेको स्रोतले बताएको छ ।
 

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १४:५१
प्रतिक्रिया दिनुहोस्