ADD FOR WEBSIDE ADD FOR WEBSIDE

साफ यू–२० च्याम्पियनसिप :अझै टुंगेन खेल मैदान

बिहीबार, साउन ३१, २०८१

काठमाडौँ : साफ यू–२० च्याम्पियनसिप फुटबल सुरु हुनै लाग्दा समेत अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेल मैदानको टुंगो लगाउन सकेको छैन ।

प्रतियोगितामा सहभागिता जनाउन माल्दिभ्सको फुटबल टोली नेपाल आईपुगेको छ भने अन्य टोलीहरु पनि आउने क्रममा रहेका छन् । नेपालको एक मात्र दशरथ अन्तराष्ट्रिय रंगाशालाको मैदान हिलाम्य र धुलाम्मे भएपछि अन्तराष्ट्रिय मान्यता गुमाएको थियो ।

त्यसपछि एन्फाबाट राष्ट्रिय खेलकुद परिषदले जिम्मेवारी खोसेर संरक्षण गरेपछि पुन अन्तराष्ट्रिय मान्यता पाएपनि मैदानको अबस्था अझै सुध्रेको भने छैन । रंगशालामा फुटबलबाहेक रग्बी कन्सर्ट नै आयोजना हुन थालेपछि मैदानको अवस्था बिग्रिएको थियो ।

रंगाशाला बाहेक एन्फा कम्पलेक्सको मैदान र अन्य मैदानमा प्रतियोगिता गर्ने तयारी भएपनि एसियाली पुटबल महासंघले निरिक्षण गरेपछि मात्रै अन्य मैदानको टुंगो लाग्नेछ ।

एन्फाका प्रवक्ता सुरेश शाहमा अनुसार विहीबार साँझ म्याच कमिस्नर नेपाल आईपुग्ने छ र त्यसपछि मैदान निरिक्षणकालागि एन्फाको टोली पनिसंगै जानेछ त्यसपछि मात्रै औपचारिक निर्णय आउने छ ।

च्याम्पियनसिपमा नेपालसहित ७ राष्ट्रले सहभागिता जनाउनेछन् ।प्रतियोगिताका समूह चरणका ६ खेल, सेमिफाइनलका २ खेल र फाइनल गरी कुल ९ खेल दशरथ रंगशालामा गर्ने तयारी छ ।

समूह ‘ए’ मा नेपाल, बंगलादेश र श्रीलंका रहेका छन् । यस्तै समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान रहेका छन् । 

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १६:४२
प्रतिक्रिया दिनुहोस्