ADD FOR WEBSIDE ADD FOR WEBSIDE

नेपाल आईपुग्यो भुटानी फुटबल टोली 

शुक्रबार, साउन ३२, २०८१

काठमाडौँ : भुटानको फुटबल टोली नेपाल आईपुगेको छ ।

आईतवारदेखि काठमाडौँमा सुरु हुने साफ यू–२० च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न भुटानी टोली शुक्रवार (आज) नेपाल आईपुगेको हो ।

उद्घाटन खेलमा घरेलुटोली नेपालले आईतवार श्रीलंकासंग दिउँसो चार बजे दशरथरंगाशालामा प्रतिस्पर्धा गर्नेछ ।प्रतियोगिताका समूह चरणका ६ खेल, सेमिफाइनलका २ खेल र फाइनल गरी कुल ९ खेल दशरथ रंगशालामा गर्ने तयारी छ ।

तर दशरथ रंगाशालाको अबस्था खराब भएपछि अन्य मैदानमा प्रतियोगिता गर्न बिकल्प खोजिँदैछ ।

समूह ‘ए’ मा नेपाल, बंगलादेश र श्रीलंका रहेका छन् । यस्तै समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान रहेका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १०:५६
प्रतिक्रिया दिनुहोस्