ADD FOR WEBSIDE ADD FOR WEBSIDE

महिला भलिबल टोलीलाई ३ लाख दिने सरकारको घोषणा

शुक्रबार, साउन ३२, २०८१

काठमाडौँ : सरकारले राष्ट्रिय महिला भलिबलका खेलाडीहरुलाई नगद पुरस्कार दिने भएको छ ।

हिजो (बिहिवार) बसेको मन्त्री परिषद्को बैठकले काठमडौँमा सम्पन्न काभा महिला भलिबलमा उपबिजेता बनेको टोलीका खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँका दरले पुरस्कार तथा सम्मान प्रदान गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पुरस्कारका लागि युवा तथा खेलकुद मन्त्रालय मार्फत नेपाल सरकारलाई गरेको सिफारिसका आधारमा मन्त्री परिषद्ले उक्त निर्णय गरेको हो ।

यस्तै नेपाली टोलीका मुख्य प्रशिक्षक १ जनालाई दुई लाख, व्यवस्थापक , प्रशिक्षक र फिजियो गरी तीन जनालाई जनही १ लाख २० हजार रुपैयाँका दरले पुरस्कार पाउने छन् ।
 

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १४:५४
प्रतिक्रिया दिनुहोस्