ADD FOR WEBSIDE ADD FOR WEBSIDE

साफ यू–२० : नेपाल र श्रीलंकाको खेल सातदोबाटोमा 

स्टार अस्पतालले मेडिकल सेवा दिने
शुक्रबार, साउन ३२, २०८१

काठमाडौँ : साफ यू–२० च्याम्पियनसिप फुटबलको उद्धघाटस्थल परिबर्तन भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले प्रतियोगिता सुरु हुन दुई दिन अघि आज मात्रै उद्धघाटन स्थल परिर्वतन भएको जनाएको हो । उद्घाटन खेलमा घरेलुटोली नेपालले आईतवार एन्फा कम्लेक्समा श्रीलंकासंग दिउँसो चार बजे खेल्ने छ ।

यसअघि एन्फाले उक्त खेल त्रिपुरेश्वर स्थित दशरथ रंगाशालामा खेलाईने जनाएको थियो । प्रतियोगितामा घरेलुटोली नेपालसंगै ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

आईतवारबाट काठमाडौँमा सुरु हुने च्याम्पियनसिपमा स्टार अस्पतालले मेडिकल सेवा उपलब्ध गराउने भएको छ । शुक्रबार आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फाका महासचिव किरण राई र स्टार अस्पतालका कार्यकारी अध्यक्ष किशोरकुमार महर्जनले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

मेडिकल सेवासंगै स्टार अस्पतालले एम्बुलेन्स पनि उपलब्ध गराउनेछ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १७:३९
प्रतिक्रिया दिनुहोस्