ADD FOR WEBSIDE ADD FOR WEBSIDE

साफ यू–२० : तीन टोली नेपाल आईपुगे 

शुक्रबार, साउन ३२, २०८१

काठमाडौँ : साफ यू–२० च्याम्पियनसिपमा सहभागी हुन तीन ओटा टोली नेपाल आईपुगेका छन् ।

आईतवारदेखि काठमाडौँमा सुरु हुने साफ यू–२० च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न शुक्रवार साँझ श्रीलंकाको टोली नेपाल उत्रिएको छ । यसअघि शुक्रवार दिउँसो भुटानी टोली पनि नेपाल आईपुगेको थियो ।

यसअघि माल्दिभ्सको टोली पनि नेपाल आईपुगिसकेको छ । अब भारत र अफगानिस्तानको टोली आउन बाँकी रहेको अखिल नेपाल फुटबलसंग एन्फाले जनाएको छ ।

समूह ‘ए’ मा नेपाल, बंगलादेश र श्रीलंका रहेका छन् । यस्तै समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान रहेका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १८:१२
प्रतिक्रिया दिनुहोस्