ADD FOR WEBSIDE ADD FOR WEBSIDE

यु–२० साफ च्याम्पियनसिप : उद्घाटनमा आज नेपाल र श्रीलंका भिड्ने

आइतबार, भदौ २, २०८१

काठमाडौँ : यु–२० पुरुष साफ च्यामिपयनसिप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा हुने उद्घाटन खेलमा नेपाल र श्रीलङ्काबीच प्रतिस्पर्धा हुँदैछ् । दुई टोलीबीचको खेल दिउँसो ३ बजेदेखि सुरु हुनेछ ।

नेपालका कप्तान कुशल देउवाले यसपटक समूह सक्षम र बलियो रहेकाले आफूहरु मानसिक रुपमा पनि तयार रहेको बताए ।सन् २०१५ मा नेपालबाट सुरु भएको उक्त च्याम्पिनसिपको पहिलो संस्करण एन्फा कम्प्लेक्समा खेलाइएको थियो । उक्त प्रतियोगितामा नेपालले फाइनल खेलमा भारतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको थियो ।

नेपालले साफ च्याम्पियनसिप आयोजना गर्न लागेको यो चौथो पटक हो । अहिलेसम्म पाँच संस्करण आयोजना हुँदा नेपाल दुई पटक विजेता र दुई पटक सेमिफाइनल पुगेको थियो ।

खेलको प्रत्यक्ष प्रसारण डिसहोमको च्यानल एक्सन स्पोर्टस तथा युट्युवमा स्पोर्टज वर्कजबाट हुनेछ । च्याम्पियन्ससिपमा नेपालसहित ६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । समूह ‘ए’ मा नेपाल, बंगलादेश र श्रीलंका रहेका छन् ।

यस्तै समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान रहेका छन् ।
 

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  ०५:१२
प्रतिक्रिया दिनुहोस्