ADD FOR WEBSIDE ADD FOR WEBSIDE

पञ्जाबलाई हराउँदै चेन्नेई आईपिएलको तेस्रो स्थानमा

आइतबार, वैशाख २३, २०८१

काठमाण्डौँ :पञ्जाब किङ्ग्सलाई हराउँदै चेन्नेई सुपर किङ्स इण्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटको तेस्रो स्थानमा उक्लिएको छ । आईतबार साँझ भएको खेलमा चेन्नेईले पञ्जाबमाथि २८ रनको जित निकालेको हो ।

 जितका लागि १६८ रनको लक्ष्य पछ्याएको पञ्जाब निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १३९ रनमा समेटियो । उसकालागि प्रभसिमरन सिंहले सर्बाधिक ३० रन बनाएपनि अन्य खेलाडीले सम्झनलायकको प्रदर्शन गर्न सकेनन् ।

त्यसअघि हिमाञ्चल प्रदेश स्टेडियम धर्मशालामा टस हारेर पहिले ब्याटिङमा तानिएको चेन्नेईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६७ रन बनाएको थियो ।

चेन्नेईका लागि रबिन्द्र जडेजाले सर्बाधिक ४३ रनको योगदान गरे । कप्तान रुतुराज गायकवाडले ३२, ड्यारेल मिचेलले ३० तथा मोईन अलि र सार्दुल ठाकुरले समान १७÷१७ रनको योगदान गरे । जितसंगै पाँचौ स्थानको चेन्नेई १२ अंक सहित तेस्रो स्थानमा उक्लिएको छ । 
 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  २१:१३
प्रतिक्रिया दिनुहोस्