ADD FOR WEBSIDE ADD FOR WEBSIDE

क्यानाडालाई हराउँदै नेदरल्याण्ड लिग टुको शिर्षमा 

आइतबार, भदौ २, २०८१

एजेन्सी :आईसीसी विश्वकप लिग टु अन्तर्गतको सिरिजमा नेदरल्यान्ड्सले क्यानडालाई पराजित गरेको छ ।

शनिवार राती भएको खेलमा घरेलु टोलीले क्यानडामाथि ६३ रनको जित निकाल्दै शिर्ष स्थानमा उक्लिएको हो । जितकालागि नेदरल्यान्ड्सले दिएको २ सय २१ रनको लक्ष्य पछ्याएको क्यानडा ३५.४ ओभरमा अल आउट हुदै १ सय ५७ रनमा समेटियो ।

क्यानडाका लागि  मोभ्भाले  सर्वाधिक ४७ रनको योगदान गरे । ओरोन जोनसनले ३२, दिलप्रित बाज्वाले २० तथा कप्तान साद विन जाफरले १२ रन जोडे । ५९ रनमा कुनै पनि विकेट नगुमाएको क्यानडा सहज जित तर्फ लम्कदै गर्दा त्यसपछि लगातार विकेट गुमाउँदा पराजित हुन पुग्यो । क्यानाडाले ११ रन जोड्दा महत्वपूर्ण ६ विकेट गुमाएको थियो ।

एक समय ५९ रनमा कुनै विकेट नगुमाएको क्यानडा सहज जित तर्फ उन्मुख रहेको थियो । तर, त्यसपछि ११ रन जोड्दा महत्वपूर्ण ६ विकेट गुमाउनु नै उसको हारको कारण बन्यो । क्यानाडालाई सस्तैमा समेट्ने क्रममा नेदरल्यान्ड्सका पल भान मेकरमले २८ रन खर्चिएर सर्वाधिक ५ विकेट लिए । भिभियन किंग्माले ३ विकेट हात पारे ।  

त्यसअघि हजेलारवेग, रोटरडैम मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलुटोली नेदरल्यान्ड्सले ४७.२ ओभरमा सबै विकेट गुमाउँदै २ सय २० रन बनाएको थियो । उसकालागि कप्तान स्कट एडवाडर्सले सर्वाधिक ७२ रन बनाए । नोह क्रोसले ३१, विक्रमजित सिंहले २५, म्याक्स ओडाउडले १८, काइल क्लेनले १० रन बनाए ।

८ टोली सहभागी लिग टु को अंक तालिकामा नेदरल्यान्ड्स ७ खेलबाट १० अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । ९ अंकका साथ स्कटल्यान्ड दोस्रो स्थानमा रहँदा क्यानडा ८ अंकका साथ तेस्रो स्थानमा छ । समान अंकको नामिबिया चौथो स्थानमा छ ।

३ अंक सहित ओमान पाँचौ तथा २ अंक जोडेको अमेरिका छैटौँ स्थानमा छ । समान २ अंक बनाएको नेपाल सातौं स्थानमा छ । अंक बिहिन युएई अंक तालिकाको पुछारमा छ ।  

लिग टुको शीर्ष चार भित्र पर्ने टोलीले सन् २०२७ हुने ओडिआई विश्वकप छनोट खेल्न पाउने छन् ।
 

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  ०७:१०
प्रतिक्रिया दिनुहोस्